सातदोबाटोमा ट्रकको ठक्करबाट पैदलयात्री एक महिलाको मृत्यु

4.3K Shares

ललितपुर महानगरपालिकाको सातदोबाटोमा ट्रकको ठक्करबाट पैदलयात्री एक महिलाको मृत्यु भएको छ ।

सोमबार मध्यान्ह सवा १२ बजे बाटो काट्ने क्रममा ट्रकले एक महिलालाई ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा काभ्रे धुलिखेल बस्ने ४० वर्षीया अप्सरा दाहाल रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

ट्रकको ठक्करपछि गम्भीर घाइते भएकी उनलाई उपचारको लागि पाटन अस्पताल लगिएको थियो ।उपचारको क्रममा उनको पौने १ बजे मृत्यु भएको एसपी सुवेदीले बताए ।