राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारका फाइल खोल्ने कुरालाई बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन् । गृहमन्त्रीलाई संसद्मा बोल्न दिनु पर्ने शाहीको भनाइ छ ।
संसद् भवन परिसर नयाँ बानेश्वरमा शुक्रबार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै राप्रपा सांसद शाहीले मिडियामा हल्ला नगरी भ्रष्टाचारका फाइल खोल्न आग्रह गरेका हुन् । ‘फाइल खोल्ने कुरा मिडियामा नबोलौं । सहकारीको काण्ड लुकाइदिएमा आरजु देउवा र छोराको फाइल खोल्दिन भन्ने खालको बार्गेनिङ नगरौं’, शाहीले भने ।
बिहीबार रास्वपाका सांसद मनीष झाले सहकारी अपचलनको संसदीय छानबिन गर्नुअघि आरजु देउवाको फाइल खोल्नुपर्ने सर्त राखेका थिए ।