मलाई कमान्डर बनाए एमालेले ८४ मा ६० लाख भोट ल्याउँछ : वामदेव गौतम

1.9K Shares

काठमाडौँ ।  नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताएका छन्।

नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताएका छन्। सोमवार राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचनका लागि अध्यक्ष ओलीसँगै एमाले मुख्यालय च्यासलमा पुगेका उनले आफूलाई नमर्दासम्म काम गर्ने अवसर दिन आग्रह गरे ।

गौतमले आफू अध्यक्ष ओलीको आलोचना गर्न, खुट्टा तान्न नभई सो पार्टीलाई २०८४ सालको निर्वाचनमा ६० लाख मत हासिल गर्ने योजनासहित एमालेमा आउन चाहेको कुरा अध्यक्ष ओलीलाई भनिसकेको पनि स्मरण गरे। त्यसका लागि आफूलाई एमालेले सो अभियानको कमाण्डर बनाउनुपर्ने उनको प्रस्ताव थियो। उनले भने, ‘तपाईंले जति उपलब्धि हासिल गर्नुभएको छ। त्यो भन्दा बढि उपलब्धि हासिल हुनेगरी म आउँछु। मैले उहाँलाई भने। आगामी २०८४ को निर्वाचनमा हामीले ६० लाख मत प्राप्त गर्नेगरी योजना बनाऔं। र त्यो योजना चाहिँ देखाउँ।’

एमालेका तत्कालीन उपाध्यक्ष समेत रहनुभएका गौतमले आफू एउटा शक्ति भएको उल्लेख गर्दै त्यसलाई एमालेले प्रयोग गर्दा हुने बताए। गौतमले आफूले एमालेमा आएर काम गर्न चाहेको पनि पटकपटक दोहोर्याए।