बझाङमा एमालेको अग्रता कायमै, कांग्रेसभन्दा माओवादी ८१ मतले अगाडि

4.3K Shares

काठमाडौं । बझाङ १ ‘क’ मा नेकपा (एमाले)का उमेदवार दमनबहादुर भण्डारीको अग्रता कायमै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाँच हजार ७१९ सदर मतमध्ये एमालेका भण्डारीले दुई हजार ८८ मत पाएका छन् ।

उनलाई माओवादी केन्द्रका जनकबहादुर बुढाले एक हजार ३७२ मतले पछ्याइरहेका छन् । भण्डारी बुढाभन्दा ७१६ मतले अघि छन् ।

त्यस्तै, नेपाली कांग्रेसले एक हजार २९१ मत प्राप्त गरेका छन् । उनीहरूबीच ८१ मतान्तर छ ।

नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ८६४ मत पाएका छन् । शनिबार भएको निर्वाचनको मतगणना जारी छ ।