गुरु र शुक्र अस्तको बेलामा के गर्नुहुन्छ के गर्नहुदैन ?

4.8K Shares

सामान्य भाषामा भन्नुपर्दा बैशाख १३ गतेदेखि असार २४ गतेसम्म गर्न हुने र नहुने कार्यहरु यसप्रकार रहेका छन्। कृपया सबैले ध्यान दिएर मनन गर्नुहोला है ।
१ – यहि आउँदो वैशाख १६ गते आइतबार देखि शुक्र पुर्वमा अस्त हुँदैछन्। (१०:१६)28 /04/2024
२- यहि आउँदो वैशाख २५ गते मंगलबार देखि गुरु पश्चिममा अस्त हुँदैछन्। (०९:४७)07/05/2024
३ – यहि आउँदो जेष्ठ १९ गते शनिबार देखि गुरु पुर्वमा उदय हुँदैछन्। (११:०७)01/06/2024
४ – यहि आउँदो असार २१ गते शुक्रबार देखि शुक्र पश्चिममा उदय हुँदैछन्। (२४:५३)05/07/2024
#. गुरु र शुक्र अस्तमा गर्न नहुने कामहरु..
क) पोखरी-इनार खन्नु हुँदैन।
ख) नयाँ मन्दिर बनाउनु हुँदैन,
ग) पहिलो पटक कपाल क्षौर गर्नु (खौरिनु वा काट्नु) तथा कान छेदन गर्नु पनि हुँदैन।
घ) पहिलो पटक तीर्थ यात्रामा जानु हुँदैन।
ङ) देवताको प्राण प्रतिष्ठा गर्नुहुँदैन।
च) ब्रतवन्ध, विवाह, दिक्षा ग्रहण आदि हुँदैन।
छ) मन्त्र सुन्न, महादान आदि पनि गर्नुहुँदैन।
ज) गृहारम्भ (घरको जग खन्ने वा बनाउने) अथवा नयाँ घर निर्माण गर्नु हुँदैन।
झ) चांद्रायण व्रत, तुलादान, व्रतको उधापन, शिशुको विद्यारम्भ संस्कार, कहिल्यै नगरिएको देवालयको दर्शन, अग्नि होत्र , सप्ताह पुराण आदि गर्नुहुँदैन
ट) बिशेष गरी नयाँ कार्यको थालनी गर्नुहुँदैन।
ठ) नयाँ व्यापार व्यवसाय, विदेश गमन प्रोशेस, अफिस खोल्ने तथा उधोग खोल्नु हुँदैन।
२. गुरु र शुक्र अस्तमा गर्न हुने कामहरु..
गर्भाधानदेखि अन्नाप्राशन सम्मका सम्पूर्ण संस्कारहरु गर्न सकिन्छ। जस्तै – न्वारान, पाश्नी (भातखुवाई)।
नित्यकर्म, जाप, सन्ध्या, ध्यान, नित्य स्नान, गंगा स्नान, भजन कीर्तन, एकादशी व्रत तथा नियमित गरिने व्रतहरू, पन्चायतन पूजा, दुर्गापूजा, तुलसीपूजा, स्वस्ति शान्ति, रामनवमी आदिको व्रत, श्राद्ध-तर्पण, आशौच मृतकको क्रिया आदि नैमित्तिक सम्पूर्ण कर्महरु गर्न हुन्छ।