काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदै गरेको लगानी सम्मेलनमा लगानी गर्ने लगानीकर्ता आउने तयारीमा रहेको तर उनीहरु निराश भएको टिप्पणी गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभामा बुधबार उनले भने, “लगानी सम्मेलनमा भाग लिन मात्र होइन, लगानी गर्न आउने लगानीकर्ता आउँदै थिए । तर अहिले निराश भएका छन् । विश्वास दिलाउने काम सरकारको हो ।”
पूर्वअर्थमन्त्री महतले आर्थिक वृद्धि र उत्पादनको नेतृत्व निजी क्षेत्रले लिनुपर्ने बताए । उनले भने, “वितरणमुखी बाटोमा जाने, सहकार्यको कुरा निजी क्षेत्रसँग गर्ने तर व्यवहारमा नउतार्ने प्रवृत्ति छ । सरकारले पूर्वाधार तयार गरिदिनु पर्छ । नीति बनाइदिनु पर्छ ।”