इदको अवसरमा भोलि सार्वजनिक बिदा

4.1K Shares
काठमाण्डौँ। सरकारले भोलि (बिहिबार) इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्र(इद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय निर्णय भएको जनाएको हो ।

इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ। यो बिहान प्रार्थना सँगै सुरु हुन्छ ।

ईदको प्रार्थनाभन्दा पहिले मुस्लिमहरूले जकात अल९फित्र पनि भनिने अनिवार्य दान गर्नुपर्छ। गरिबहरूलाई भोजनका निम्ति जकात दान गर्ने प्रचलन छ।

पाको उमेरका श्रद्धालुहरूले परिवारका केटाकेटी वा आफूभन्दा कम उमेरका सदस्यलाई ईदी भनेर पैसा पनि दिने गर्छन्।