नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण नगरे कारबाही गर्ने महानगरको चेतावनी

4.3K Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न आग्रह गरेको छ ।

महानगरले आज एक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न भनेको हो।

महानगरले सूचना जारी भएको ७ दिन भित्र सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडी नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने र कानूनी कारबाहीमा जाने चेतावनी समेत दिएको छ।