न्यायाधीश थापाविरुद्ध न्याय परिषदमा उजुरी

4.6K Shares

काठमाडौ  । उच्च अदालत डोटिका न्यायाधीस शान्ति सिंह  थापाविरुद्ध पडित परिवारले न्याय परिषदमा उजुरी दिएका छन ।

२०७९ साल जेठ १७ गते अपराधीक समुहले  १५ वर्षीय विनोद शाहीलाई अपहरण गरी हत्या गरेका थिए । उक्त मुद्दामा अहिले १० जना विरुद्ध जिल्ला अदालत अछाममा मुद्दा चलिरहेको छ । १० जना मध्य हाल ५ जना पुर्पक्षका लागि थुनामा छन् । ३ जना फरार र २ जनालाई धरौटीमा राखेर मुद्दा चलिरहेको छ ।

धरौटीमा मुद्दा चलाइएका २ जनामध्य एकजना दानमती शाहीलाई जिल्ला अदालत अछामले पुर्पक्षका लागि थुनामा राख्ने आदेशका विरुद्ध मिती २०८० फागुन ९ गते प्रतिबादीका तर्फबाट दिपायल उच्च अदालतमा मुद्दा दर्ता भई फागुन २४ गते अछाम जिल्ला अदालतको निर्णय बदर गरी मुद्दा दर्ता भएको १४ दिनमै दिपायल उच्च अदालतले प्रतिवादी दानमती शाहीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

उच्च अदालत डोटिका न्यायाधीश माननीय शान्तिसिंह थापाको पूर्वाग्रही र अन्यायपूर्ण व्यवहारले हामी पीडित लाई आलो घाउमा नुन छर्किए जसरी प्रताडित बनाएको भन्दै मृतकका दाजु डम्बर बहादुर शाहीले न्यायाधीश  थापाविरुद्ध  न्याय परिषदमा उजुरी दिएका छन ।

निवेदन यश प्रकारको छ ।