काठमाडौं । गायक शिव सागर खडकाको आवाज रहेको निकै रमाईलो कमेडी “अँगालो कसौला” बोलको गीत शिव सागर अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द,संगित ,आवाज शिव सागर खडकाको रहेको छ भने रामकृष्ण थापाको यारेन्ज, नरेन्द्र बियोगिको मिक्सिङ रहेको छ । मुकेश हुमागाइको क्यामेरा र संगित सागर बुर्जाको निर्देशन रहेको गीतमा सामाजिक सञ्जालमा भाइरल भएकी रितु बस्नेत, कमेडी कलाकार बिनोद कार्की ,मोतिराज खनाल, शिव सागर खड्का र साइड कलाकारहरुमा पुरुसोतम साहकर्मी , मेनुका फुयाल, सुवास पाण्डे,काब्य मगर , सारमण श्री लागुन, छायाँ थापा , कपिल खड्का, अस्मिता खनाल लगायत कलाकारको अभिनय रहेको छ ।
उत्त गीत अहिले सामाजिक सञ्जालमा निकै चर्चामा आएको देखिन्छ । यो भन्दा पहिला गायक खड्काको थुप्रै गीतहरु बजारमा सार्वजनिक भइसकेका छन् । जस्तै निष्टुरी भएउरे, यो नयाँ जोडि, ट्राफिक जाम, कति राम्रो रामेछापको सिन, मिनेट मिनेटमा, जस्ता दर्जनौ गीत बजारमा सार्वजनिक गरिसकेका गायक शिव सागर खड्काले “अंगालो कसौला ” गीत अलि फरक तरिकाको र फरक शैलिमा प्रस्तुत गरेको बताउँछन् ।