होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ

4.1K Shares

काठमाण्डौ । प्रहरीले  होली पर्व मनाउने क्रममा हिजाे जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई सय ६२ जना पुरुष र १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए ।

उहाँले भन्नुभयो, ‘कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरुको अवस्था हेरेर केहीलाई  परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।’

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले हिजाे छ सय ६४ वटा गाडीलाई नियन्त्रणमा लिएको जनाएको छ । जसमध्ये चारपाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

जाँडरक्सी खाएर  गाडी चलाउने तथा गाडीका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई  माेटरसाइकल, स्कुटर  चलाउनेलाई कारबाही गरिएकाे प्रहरीले जनाएको छ ।