काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यलाई पुत्रशोक परेको छ।
आचार्यका जेठा छोरा शिखर आचार्यको शुक्रबार साझ ६ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो। ४० वर्षका शिखरका पत्नी, दुई छोरी छन्। पारिवारिक स्रोतका अनुसार अचानक ब्लिडिङ भएपछि उनलाई अस्पताल लगिएको थियो।
अस्पतालमा हिजो शल्यक्रियासमेत भएको थियो। तर, त्यसको आधा घन्टापछि उनको निधन भएको थियो। नेता आचार्यका दुई छोरा छन्।