कुवेतमा मृत्यु भएका तीनै जनाको शव नेपाल आइपुग्यो

2K Shares

कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याइएको छ। गत मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीले ज्यान गुमाएका थिए। उनीहरूको शव पोष्टमार्टमपछि नेपाल पठाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तहरूले शव बुझेर घर लगेका छन्।

कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीको ज्यान गएको थियो । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो भर्याङका सुजन कार्की, अछामका सुरज बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको थियो ।