सर्वोत्तम सेमेन्टको आईपिओ डिमेट खातामा आयो , ओपनिङ रेन्ज कति ?

1.4K Shares

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेड को प्राथमिक सेयर डिमेटमा लिस्टिङ भएको छ।

सूचीकरण पछिको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थ को ३ गुणासम्म ओपनिङ रेन्ज तोक्ने गरेको छ । यो सिमेन्टको आर्थिक वर्ष २०७९।८० को अडिटेड रिपोर्ट अनुसार प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यसैलाई आधार मानेर यसको ओपनिङ तोकिनेछ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ । कम्पनीको आइपीओ ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले सेयर हात पारेका छन् । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।