नेपाललाई ८६ रनले हराउँदै पीएनजीले जित्यो त्रिदेशीय शृंखलाको उपाधि

4.5K Shares

काठमाडौं । फाइनलमा नेपालविरुद्ध ८६ रनको फराकिलो जित निकाल्दै त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि पपुवा न्युगिनी (पीएनजी) ले जितेको छ ।

बुधबार हङकङको मिसन रोड मैदानमा पीएनजीले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १६.३ ओभरमा ८५ रनमै समेटियो ।