म्यानमामा जेड खानी भत्किँदा ३० जना बेपत्ता

1.3K Shares

याङ्गुन । उत्तरी म्यानमाको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् ।

स्थानीय बासिन्दाले सो दुर्घटनाबारे मङ्गलबार बिहान सिन्ह्वालाई प्रारम्भिक जानकारी गराएका छन् । यसबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।