सर्लाही दुर्घटना अपडेट : घाइते एकजनाको मृत्यु

  • मिति : माघ २३, २०८०
2K Shares

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका ११ गम्हरियामा सोमवार साँझ भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्य एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नापी कार्यालय मलङ्गवाका कार्यालय सहयोगी ६० वर्षीय विनोद घिमिरे रहेका छन्। उनको उपचारको क्रममा वीरगञ्जमा मत्यु भएको हो ।

गम्हरियास्थित चमेलिमाई मन्दिर नजिकै सोमवार साँझ उखु लोड गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा सर्लाही नापी कार्यालय मलङ्गवाका प्रमुख सन्जय मानन्धरसहित ११ जना सवार गाडी ठोक्किदा दुर्घटना भएको थियो।

मलङ्गवाबाट जन्तीको भोज खान मानन्धरसहित भाडाको गाडी लिएर बरहथवा तर्फ जाँदै गर्दा सोमवार साँझ करिब ८ः१५ बजे दुर्घटना भएको हो। घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी हुन्। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।