यात्रुवाहक हेलिकप्टर दुर्घटना हुँदा आठ जना घाइते

  • मिति : बैशाख १९, २०८३
956 Shares

काठमाडौं : रुसको कोमी गणतन्त्रमा शुक्रवार एक यात्रुवाहक हेलिकप्टर ‘हार्ड ल्याण्डिङ’ (बलपूर्वक अवतरण) हुँदा आठ जना घाइते भएका छन् ।

रुसको आपतकालीन अवस्था मन्त्रालयका अनुसार दुर्घटनाको समयमा हेलिकप्टरमा २४ जना सवार थिए । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उसिन्सक स्थित एक हेलिप्याडबाट उडान भर्ने क्रममा निजी कम्पनीद्वारा सञ्चालित हेलिकप्टर सन्तुलन गुमाई एकातर्फ कोल्टिएर दुर्घटनामा परेको थियो ।

उक्त हेलिकप्टरमा सिफ्टमा काम गर्ने कामदारहरू सवार रहेको बताइएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ अग्नि नियन्त्रक र उद्धार टोलीहरू घटनास्थलमा पुगेका थिए । घाइतेहरूको उपचार भइरहेको र दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान शुरु गरिएको मन्त्रालयले जनाएको छ ।