काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका स्थानीयले घरको भित्तामा लालपूर्जा टाँसेका छन् । सरकारले आज सुकुम्बासी बस्तीमा डोजर चलाइरहँदा स्थानीयले घरको भित्तामा जग्गाको लालपूर्जा र घरको नक्सा टाँसेका हुन्।
वैधानिक भए पनि हुलमुलमा डोजर चल्ने डरले उनीहरूले लालपूर्जा टाँसेका हुन् । भत्काउने लाइनमै रहेका तर कागजात भएकाहरुले यसो गरेका हुन्। अनधिकृत संरचना भत्काउन बुद्धनगर क्षेत्रमा डोजर पुगिसकेको छ।