झन्झटिला काम छरितो बनाउन अध्यादेश ल्याइयो : रास्वपा

  • मिति : बैशाख १६, २०८३
718 Shares

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधानका लागि सरकारले अध्यादेश ल्याएको बताएका छन्। सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहितका सांसदहरूको अनौपचारिक छलफलले यस्तो निष्कर्ष निकालेको हो।

सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा पार्टीलाई लाभ पुग्ने खालका नभएको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले बताए। आम नागरिकको म्यान्डेट छिटो काम गर भन्ने रहेकाले सोही अनुसार काम गरिएको उनले बताए।

कुनै व्यक्ति, पार्टीलाई लाभ पुग्ने भन्दा पनि झन्झटिलो प्रक्रियाबाट अघि बढ्ने सन्दर्भमा छरितो गर्नुपर्ने कुरालाई अध्यादेशले सम्बोधन गरेको उनको प्रस्टोक्ति छ।

‘हाम्रो कानुनको झमेला हेर्दा यो न्युनतम पनि ३/४ महिना लाग्ने देखिन्छ । जुन कुरा एक सटमा हुनुपर्छ। सडकको बीचमा रहेको रुख किन नकाटेको भन्ने कुरा आम नागरिकले उठाउँछन्। तर त्यो प्रक्रिया टुंग्याउँदा ५/६ महिना रुख काट्न नै लागेको देखिन्छ । त्यस्ता चिजलाई सम्बोधन गर्नुपर्छ भन्ने भएर अध्यादेशको काम गर्न लागेको छ,’ उनले भने।