सुधन गुरुङ को घोषणा: “सांसदको तलब लिन्नँ, आफ्नै खर्चमा सेवा गर्छु”

  • मिति : चैत्र ३, २०८२
2.1K Shares

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले सांसदको तलब नलिने घोषणा गरेका छन्। मंगलबार पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले राज्यबाट तलब नलिने स्पष्ट पारेका हुन्।

गोरखा–१ बाट निर्वाचित गुरुङले आफ्नो व्यक्तिगत आर्थिक अवस्था सक्षम भएकाले तलब लिनु आवश्यक नभएको बताए। “म तलब खान्नँ नि, किन तलब खानु? नखाने, किन तलब खानु जरूरी छ र? सक्षम छौँ,” उनले भने।

यसअघि दिएको अभिव्यक्तिका सन्दर्भमा पत्रकारहरूले तलब सम्बन्धी जिज्ञासा राखेपछि उनले आफ्नो धारणा दोहोर्‍याएका हुन्। उनले सांसदका रूपमा सेवा गर्दा व्यक्तिगत स्रोत प्रयोग गर्ने र आफ्नै गाडी चढ्ने पनि बताए।