काठमाडौँ । नेपालमा बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा आज (सोमबार) देखि ‘जेनेरेसन जी’ (जेन जी) का युवाहरूले विरोध प्रदर्शन सुरु गरेका छन्।
प्रदर्शनकारीहरू आज बिहान ९ बजे माइतीघर मण्डलामा भेला भएका थिए र त्यसपछि उनीहरू संसद् भवनतर्फ मार्च गर्ने तयारीमा छन्। यो आन्दोलनको नेतृत्व कसले गरेको हो भन्ने स्पष्ट नभए पनि सामाजिक सञ्जालमार्फत आह्वान गरिएको यो अभियानमा नयाँ पुस्ताका युवाहरूको ठूलो सहभागिता रहने अनुमान गरिएको छ।
उनीहरूको यो प्रदर्शनले सरकारको पछिल्लो कदम र देशमा व्याप्त भ्रष्टाचारविरुद्ध युवा असन्तुष्टिलाई उजागर गरेको छ।