बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

  • मिति : पुस १८, २०८१
1.7K Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार रुपैयाँ कायम भएको थियो ।

यस आधारमा अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेको हो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँ कायम भएकोमा बिहीबार बढेर कारोबार भएको महासंघले आफ्ना वेबसाइटमा उल्लेख गरेको छ ।