सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • मिति : पुस १४, २०८१
1.7K Shares

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५०० रुपैयाँ घटेको हो ।

जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।