सुनको मूल्य २ सय रूपैयाँले बढ्यो

1.3K Shares

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँ कायम आज २ सय रूपैयाँले बढेर १ लाख २६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १५ सय १५ रूपैयाँ कायम भएको छ ।