काठमाडौंसहित यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

  • मिति : साउन १२, २०८३
599 Shares

काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (साउन १२) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नारायणी, कर्णाली, महाकालीलगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

b1-1785208602.jpg