काठमाडौं । प्रतिनिधिसभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले चुनावमा २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन् । उनको प्रचारप्रसार सामग्री खरिद तथा प्रिन्टको लागि सबैभन्दा बढी ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखिएको छ ।
त्यसैगरी, विद्युतीय प्रचारप्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ, खाना खाजा तथा अस्थायी बसोबासमा ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको छ ।