काँग्रेसमा फुट आउँछ भनेर कल्पना पनि नगरे हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ भनेर कसैले पनि कल्पना नगरे हुने बताएका छन् । पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी भित्र मतभेद चर्किरहेका बेला उनको यस्तो प्रतिक्रिया बाहिर आएको हो । शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै महामन्त्री शर्माले पार्टी भित्र फरक मत विगत, विगत र भविष्यमा पनि रहने तर्क गर्दै त्यसैको आधारमा फुट आउँछ भनेर भन्न नमिल्ने बताए ।

उनले महाधिवेशन निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवादको टुङ्गो लगाउन महासमिति सदस्यहरूको सुझावलाई निर्णयको आधार बनाउन सकिने प्रस्ताव समेत गरे । महाधिवेशन प्रतिनिधि वा केन्द्रीय समितिको सुझावलाई नमान्ने हो भने महासमितिको सुझावको आधारमा महाधिवेशनको मितिबारे टुङ्गो लगाउन उपयुक्त हुने उनको भनाई थियो ।

महामन्त्री शर्माले भने ‘जति गहन छलफल भएर निष्कर्षमा पुगिन्छ नि । जस्तो मोही पार्न पनि के हुन्छ भने हल्का फिट्दा त हल्का पिउने मोही हुन्छ । तर, राम्रोसँग फिटेपछि घिउ पनि राम्रोसँग निस्कन्छ । नेपाली काँग्रेस एउटा परिपक्व, पाको, जिम्मेवार दल हो । त्यस हिसाबले खोज्ने हो भने सबभन्दा पहिले भदौ २३ र २४ को घटनापछि सबै भन्दा पहिले २५ गते वक्तव्य कसेको थियो, काँग्रेसको नै थियो ।

त्यस लगत्तै सबैभन्दा पहिले जुम बैठक कसेको भएको थियो रु काँग्रेसकै भएको थियो । सबभन्दा पहिलो प्रतिनिधिसभा विघटन संविधान सम्मत छैन भनेर जुम बैठकको निर्णय कसले सार्वजनिक गरेको थियो रु काँग्रेसले गरेको थियो । सबैभन्दा पहिले भौतिक रूपमा असोज ३ गते बैठक कसले गरेको थियो रु केन्द्रीय कार्यालयमा खरानी पन्छाउँदै काँग्रेसले नै गरेको थियो ।