काठमाडौं महानगरभित्रै प्रहरी संरक्षणमा नागार्जुन नगरपालिका कर संकलन केन्द्रद्वारा गैरकानुनी कर असुली

  • मिति : भदौ २२, २०८२
1.6K Shares

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र पर्ने सानो भर्‍याङमा अन्य नगरपालिकाबाट सामान लिएर आएको ट्रकलाई नागार्जुन नगरपालिकाको कर संकलन  केन्द्रले रोकेर जबरजस्ती पैसा असुलेको खुलेको छ। जबर्जस्ति असुलिमा प्रहरीको पनि मिलेमतो रहेको देखिन्छ । स्वयम्भू प्रहरी बृतका प्रमुख डिएसपी उद्दव सिंह भाटले नागार्जुन नगरपालिकाको कर संकलन  केन्द्रलाई संरक्षण गरेको देखिन्छ ।

ना ०६ ख २४२३ नम्बरको उक्त ट्रकलाई ठेक्का पाएका व्यक्तिहरूले स्वयम्भू प्रहरीसँगको सेटिङमा रोक्काएर पैसा तिर्न दबाब दिएका थिए। चालकले रकम तिर्न अस्वीकार गरेपछि प्रहरीले नै ट्रकलाई नियन्त्रणमा लिएको छ।

स्थानीय व्यापारी र चालकहरूले महानगरपालिकाको क्षेत्रभित्र अर्कै नगरपालिकाको नाममा कर असुली हुनु गैरकानुनी भएको दाबी गर्दै यसप्रकारको गतिविधि तत्काल रोक्नुपर्ने चेतावनी दिएका छन्।
यसबारे प्रहरीले भने आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन। हाल उक्त ट्रकलाई भगवानपाउस्थित प्रहरी कार्यालयमा राखिएको छ।