काठमाडौँ। रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन्। उम्मेदवार बनेसँगै उनको विरोधमा विपक्षीको टीकाटिप्पणी सुरु भएसँगै थापाले सामाजिक सञ्जालमार्फत कागज सार्वजनिक गरेका हुन्।
उनले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरे।
