सुनको मूल्य तोलामा १ लाख ६० हजार पुग्यो

  • मिति : माघ ९, २०८१
1.8K Shares

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको छ । अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँ वृद्धि हुँदै छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँ पुगेको हो ।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।