आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

  • मिति : पुस ११, २०८१
1.6K Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।  बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी
आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज स्थिर रहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।