सुनको मूल्यमा भारी वृद्धि , कतिमा हुँदैछ कारोबार ?

2.2K Shares

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएकोमा आज २ हजार १०० रूपैयाँले बढेर १ लाख ५० हजार ८०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ७१५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १ हजार ७४० रूपैयाँ कायम भएको छ ।