सुनको मूल्य १२ सय रूपैयाँले घट्यो

1.8K Shares

काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १२ सय रूपैयाँले घटेर १ लाख ४० हजार ६ सय  रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ घटेर प्रतितोला १ हजार ८ सय ८५ रूपैयाँ कायम भएको छ ।