ग्लोबल मनि वीक २०२४ को अवसरमा समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • मिति : चैत्र ९, २०८०
2.1K Shares

ग्लोबल मनि वीक २०२४ अन्तर्गंत समृद्धि फाइनान्सले चैत्र ८ गते बिहिवार बुटवल शाखा र चैत्र ९ गते शुक्रवारको दिन कसाहा शाखा र बनेपा शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

“Protect your money, secure your Future” भन्ने मूल नाराका साथ बुटवल शाखा बाट श्री साधना महिला विद्यालयका ८६ जना महिला विद्यार्थीलाई, कसाहा शाखाबाट दिव्य शक्ति तरकारी खेती पकेट समुह धनगडी माइ ७ फुलकाहाका ४९ किसानहरुलाई र बनेपा शाखाबाट काभे्र मल्टीपल क्याम्पसका ५३ जना विद्यार्थीहरुलाई वित्तिय साक्षरता दिईएको थियो। अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो । ग्लोबल मनि वीक २०२४ को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरु बाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।