रारा राष्ट्रिय म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न

  • प्रकाशित मिति : March 1, 2024
  • नयाँ सवाल

काठमाडौं । प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा रारा राष्ट्रिय म्युजिक अवार्डको दोस्रो संस्करण २०८० फाल्गुन १६ गते बुधबार राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ।

विशेष अतिथी गोरख बोगटी, माननीय ऐनबहादुर शाहि,माननीय छिरिङलामु लामा, पूर्वमन्त्री माननिय बिनोद कुमार शाह,पुर्वमन्त्री हस्त ब मल्ल पूर्वमन्त्री बलबहादुर महत,राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष,जेभी फाउन्डेसनका अध्यक्ष माननीय जगदिश वैद्य, नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेश सभापति तिलक बहादुर मल्ल,सशस्त्र प्रहरी बलका म्क्ए सागर मल्ल,सांस्कृतिक समाज नेपालका अध्यक्ष, नागरिक फाउन्डेसन नेपालका अध्यक्ष, नेपाल उद्यमशीलता केन्द्रका अध्यक्ष,जुम्ली सेवा तथा संस्कृति जगेर्ना समाज,नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष लगायत दर्जन बढी संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा मुगाली शिर्जनशिल महिला समुहद्वारा मागल,मुगु र जुम्लाका दिदिबहिनी टिमबिचको देउडा,अपिहिमाल सांस्कृतिक समाज दार्चुलाको छलो, जयसिंह कुमाइद्वारा प्रस्तुत हुड्के र श्रीयन्त्र एजुकेसन फाउन्डेसन स्कुलका ल्ऋऋ समुहको नृत्य प्रस्तुतिले कार्यक्रमको थप सोभा बढाएको थियो ।

विभिन्न २९ विधामा अवार्ड प्रदान गर्नुका साथै लामो समयदेखि विभिन्न क्षेत्रमा क्रियाशील रहेर आफ्नो क्षेत्रमा गरेको कामको उच्च मुल्यक गर्दै आयोजकका तर्फबाट समाजसेवा, पत्रकारिता,संगीतकर्म लगायत क्षेत्रमा रहेका अग्रजलाई सम्मान(पत्र दिँदै दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।