सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप

  • प्रकाशित मिति : February 29, 2024
  • नयाँ सवाल

काठमाण्डौ ।  काठमाण्डौको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ । हिजो बेलुकी भएको झडपमा दुवै पक्षका केही घाइते भएका छन् । सात जना नगर प्रहरीसहित केही फुटपाथ व्यवसायी पनि घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

घाइते सबैको वीर अस्पतालमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको उहाँले बताए  । काठमाण्डाै महानगरपालिकाले राति ९ बजेपछि फुटपाथ व्यवसाय राख्न दिने निर्णय गरेकोमा व्यवसायीले हिजो बेलुका ७ बजे नै फुटपाथमा पसल राख्न थालेको र नगर प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको महानगरले जनाएको छ ।