मृत्युको मुखमा पुगेर बाँचेर आइन् रश्मिका मन्दना

  • प्रकाशित मिति : February 18, 2024
  • नयाँ सवाल

नयाँ दिल्ली । नेशनल क्रस भनेर चर्चित दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना मृत्युको मुख बाट बचेर आएकी छिन् । अभिनेत्री ट्राभल गरिरहेको विमानको एमर्जेन्सी ल्यान्डिङ गराउनु परेको थियो । यो घटनापछि अभिनेत्री र विमानमा उपस्थित सबै यात्रुहरू निकै डराएका थिए । रश्मिका आफैँले सामाजिक सञ्जाल पोस्टमार्फत यस घटनाको जानकारी दिँदै मृत्युको मुखबाट बचेर आएको भनेकी छिन् ।

पोष्टमा रश्मिकाले फ्लाइटमा बसेको तस्बिर पनि शेयर गरेकी थिइन् । केही क्षणमै यो पोस्ट भाइरल बन्यो । अभिनेत्रीका फ्यानहरूले रश्मिका अन्य यात्रुहरूको लागि चिन्ता व्यक्त गरेका थिए । रश्मिका दक्षिण भारतीय अभिनेत्री श्रद्धा दाससँग ट्राभल गरिरहेकी थिइन् । आफ्नो इन्स्टाग्राम स्टोरीमा रश्मिकाले श्रद्धासँगको सेल्फी सेयर गर्दै लेखेकी छिन्, ‘मात्र तपाईंको जानकारीको लागि, यसरी हामी मृत्युबाट बच्यौं’ डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार उक्त फ्लाइट मुम्बईबाट हैदरावाद जाँदै थियो । त्यसमा प्राविधिक गडबडी भयो । जसका कारण विमानमा उपस्थित सबै मानिसहरु डराए ।