काठमाण्डाै | ललितपुरका एक व्यक्ति हराएको १३ वर्ष बितिसक्दा पनि फेला नपरेको आफन्तले बताएका छन् । ललितपुर महानगरपालिका–१५ ताल्चिखेलका मनोजकुमार विष्ट २०६७ सालको मङ्सिर १९ गतेदेखि बेपत्ता हुनुहुन्छ ।
उहाँको अवस्था अहिलेसम्म थाहा हुन नसकेको उहाँका छोरा मञ्जिल विष्टले बताउनुभयो । प्रहरी, विभिन्न सङ्घ–संस्था र आफन्तले खोजी जारी राखे पनि अहिलेसम्म अवस्था थाहा हुन नसकेको हो । उहाँलाई भेटाएमा छोरा मञ्जिलको फोन नम्बर ९८६११०७६३६ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन् ।