काठमाडौँ महानगरपालिकाले करारमा माग्यो अधिकृत

काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ ।

आज एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ ।  मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।