सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घट्यो

काठमाडौं ।  मंगलबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख १८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० सय रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।