न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले गरिन् विवाह

वेलिङटन । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले शनिबार विवाह गरेका छन् । परिवारका सदस्य, साथीहरू र केही नजिकका राजनीतिक सहकर्मीको उपस्थितिमा आयोजित सानो समारोहमा उनको विवाह भएको हो ।

न्युजिल्यान्डको नर्थ आइल्यान्डको हक्स बेमा कडा सुरक्षाबीच सो समारोह आयोजना गरिएको थियो । समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए ।

आर्डर्न र गेफोर्डबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत भएको बताइएको छ । उनीहरूबीच सन् २०२२ मा विवाहको मिति तय भएको थियो, तर कोभिड–१९ महामारीका कारण स्थगन गरिएको थियो ।