काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको दोस्रो बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा संकलन हुनेछन् ।
त्यसका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरू र कार्यदलको आगामी कामकारबाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।