अध्यागमन कार्यालयका दुई अधिकृत जिम्मेवारीबाट हटाइए

  • मिति : बैशाख ७, २०८३
820 Shares

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई जना अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाइएका छन्। कानुन र विभागीय निर्णय बाहिर गएर गैरकानुनी अभ्यास गरेको भन्दै दुई जना अधिकृतलाई कार्यालयबाट हटाइएको अध्यागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। ती दुई अधिकृतले युएई जान लागेका नेपाली नागरिकको प्रस्थान छापसँगै ‘रोजगार निषेध’ भ्रमण मिति सन् २०२६/६/१० सम्म’ लेखेको आरोप छ।

यसरी रोजगार निषेध लेखेको विषयमा छानबिन समिति गठन भएको थियो। उक्त समितिले आवश्यक छानबिन गरिरहेको पनि विभागले जनाएको छ। ‘नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासकको कुनै नीति वा निर्णय छैन,’ विभागले भनेको छ।