कांग्रेस परित्याग गर्नु जीवनमा ठूलो भुल हुनेछ : गुरूङ

  • मिति : बैशाख ७, २०८३
1.3K Shares

काठमाडौं : नेपाली कांग्रेसका नेता धनराज गुरूङले पार्टी परित्याग गर्नु भुल हुने बताएका छन्। केही नेताहरूले पार्टी परित्याग गरेको कुरा सामाजिक सञ्जालमा देखिरहेको उल्लेख गर्दै उनले त्यसो नगर्न अपिल गरेका हुन्। केही महाधिवेशन तथा महासमिति सदस्यहरूले पार्टी परित्याग गरेको सामाजिक सञ्जालमा घोषणा गरेका थिए।

त्यसतर्फ लक्ष्य गर्दै धनराजले भनेका छन्, ‘प्रीय साथीहरू, हामीले यही पार्टीमा रहेर रगत बगायौं, कठिनतम् जीवन बितायौं। आफ्नै रगत र पसिनाले सिंचेको पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ।’

उनले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई बधाई पनि दिएका छन्। गत पुसमा विशेष महाधिवेशन भएर गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो।