काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र पार्टीका सांसद समेत रहेका गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे कारबाही गर्ने विषयमा छलफल सुरु भएको छ ।
आज बिहान पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबीच आन्तरिक छानबिनबारे कुराकानी भएको स्रोतले जनाएको छ ।
गुरुङको पक्राउ परेका विचौलिया दीपक भट्टसँग व्यापारिक सम्बन्ध रहेको खुलासा भएपछि उनको चौतर्फी आलोचना भइरहेको हो ।
गृहमन्त्री गुरुङलाई बर्खास्त गरी उनीमाथि छानबिन हुनुपर्ने माग उठिरहेको छ । जेनजी मुभमेन्ट नेपालले गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको हो ।