पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने कांग्रेसको तयारी

  • मिति : बैशाख ७, २०८३
922 Shares

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । अनुशासन समितिको आज दिउँसो ३ बजे बस्ने बैठकले खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने भएको हो।

कांग्रेस निवर्तमान कार्यवाहक सभापति खड्काको समूहले सर्वोच्च अदालतको फैसला स्वीकारेपछि स्पष्टीकरण फिर्ता लिन लागिएको बताइएको छ ।