काठमाडौं, ८ असार । हमासले इरानमाथिको अमेरिकी आक्रमणको निन्दा गरेको छ ।
हमासले यो आक्रमणलाई ‘खुला आक्रमण’ र अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हमासले इजरायल र इरानबीचको युद्धमा अमेरिकाको प्रवेशलाई विश्व शान्ति र स्थिरताको लागि प्रत्यक्ष खतरा पनि भनेको छ ।