पूर्वप्रहरी हवल्दार सिता कँडेलको हत्यामा संलग्न आरोपी पक्राउ

  • मिति : मंसिर १९, २०८२
344 Shares

काठमाडौँ । लमजुङमा पूर्वप्रहरी हवल्दार ४५ वर्षीया सिता कँडेलको हत्यामा संलग्न एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । वेसीशहर नगरपालिका वडा नम्बर–२ स्थित भकुन्डेमा २०८१ चैत ३१ मा कँडेलको शव भेटिएको थियो ।

उनको हत्यामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले चितवन रत्ननगर नगरपालिका वडा नम्बर–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ गरेको हो ।

आरोपीलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियाबाट बिहीबार पक्राउ गरिएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए ।

दराई यसअघि पनि हत्या मुद्दामा जेल परेका थिए । उनीविरुद्ध अदालतले २०६८ असार २० मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सजाय भुक्तानको क्रममा हवल्दार कँडेललाई उनले भिमफेदी कारागारमा चिनेका थिए । कारागारबाट छुटेपछि उनकै हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।