काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने इच्छा रहेको बताएका छन् ।
डडेल्धुराका नेता कार्यकर्तासँग आफ्नै निवासमा भेटवार्ता गर्दै देउवाले अन्तिम पटक चुनाव लड्ने बताएका हुन् । देउवा यसअघि ६ पटक डडेल्धुराबाट निर्वाचित भइसकेका छन् ।
उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा डडेल्धुराबाट निर्वाचित भएका हुन् । आागामी निर्वाचनका लागि कांग्रेस यही महिनाको अन्तिमसम्म केन्द्रमा नाम सिफारिस गर्न परिपत्र गरेको छ ।
निर्वाचन क्षेत्रीय समितिले प्रदेश समितिलाई मंसिर २५ भित्र नाम पठाउन भनिएको छ ।